Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुसी

दैलेख ।

दुर्गम क्षेत्र मानिएको पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी र चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोट जोड्ने ‘भोलुङ्गे पुल’ निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी भएका छन् । वर्षौंदेखि रामघाट खोलामा पुल नहुँदा तीन घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका हुन् ।

यो ठाउँमा पुल नहुँदा पहिले केही मान्छेलाई खोलाले बगाएको छ । सामान्य कामका लागि पनि खोला वारपार गर्नुपर्ने भएकाले बर्सातको समयमा खोला उर्लिएपछि वारपार गर्न निकै समस्या हुने गरेको स्थानीयवासी मेगे भण्डारीले बताए । खोलामा ८० मिटर लामो पुल बन्ने भएपछि दुई स्थानीय तहका सयौँ नागरिक लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताए । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले पुल बनाउन रु ३५ लाख २२ हजार ९०८ बजेट दिएको छ ।

पुल निर्माणको काम शुरु भइसकेको अध्यक्ष बुढाले बताए । ‘पुल निर्माणपछि २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छनै’ , उनले भने, ‘अब वैशाख महिनादेखि पुल सञ्चालनमा आइसक्ने गरी काम थालनी गरिएको छ । ‘करीब रु १८ लाख बराबरको सामग्री ढुवानी भइसकेको छ’, अध्यक्ष बुढाले भने,‘पुलका लागि आवश्यक पर्ने लट्ठा ढुवानी केही दिनमै हुने छ ।’ स्थानीयवासी अर्जुन शाहीले पुल निर्माण भएपछि ठाटीकाँधबजार जान पहिलेभन्दा अब तीन घण्टा छोटो बाटो हिँड्नुपर्ने बताए ।