Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

बैंक समाजको महत्वपूर्ण अंग हो– बयलकोटी

लक्ष्मीप्रसाद लम्साल ।

सुर्खेत ।

महालक्ष्मी विकास बैंक सुर्खेत शाखाका म्यानेजर सुरज बयलकोटीले बैंक समाजको महत्वपूर्ण अंग भएको बताएका छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक आफै मात्र नाफा मुलक नभइ सामाजिक क्षेत्रमा उत्तरदायित्व रहेको बयलकोटीले बताए ।
उनले भने– ‘आफै लगानी गरेर चेतना फैलाउने हाम्रो पनि दायित्व रहेको छ ।’


महालक्ष्मी विकास बैंक लि. सुर्खेत शाखाको सहयोगमा ७ वटा स्लोगान लेखिएको बोर्डहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका विभिन्न ठाउँमा बुधबार राखेको छ । सवारी दुर्घटना न्युनिकरण गर्नका लागी चेतना मुलका होर्डिङ बोर्ड राखिएको हो ।
धुपार्किङ एरिया, पार्किङ निषेध, गती निषेध, गती सिमित, झुन्डिएर यात्रा नगरौ, रोक्न निषेध गती, सिमित रोक्ने निषेध लेखिएका होर्डिङ बोर्डहरु राखिएको हो ।

जिल्ला ट्राफिक कार्यालयका कार्याल प्रमुख उदयसिंह सिजापतिले बैंक क्षेत्रले पनि यस्ता क्षेत्र मा पनि लगानी गरेर उदाहरणीय योगदान गरेको र अरु यस्ता बित्तिय सस्था ले पनि यस्तो समाजिक उत्तरदायित्व बोध हुने खालका कार्यक्रमहरु गर्न अनुरोध समेत गरे ।