Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

गजल – मैयाँ लामिछाने

गजल – मैयाँ लामिछाने

कसै कसैको परिक्षा लिन बदलेको हुँ हुलिया ।Image may contain: Maiya Lamichhane, selfie and closeup
हुलिया बदलेर तिम्रो मन पार्नु छ छिया छिया ।

तिमी आँखाका डिल रसिला देखेर छक्क नपर
मैले हररात तिम्रो नाममा भिजाएको छु तकिया ।

मुस्कान देखावटी मात्र हो हजुर खुसी बनावटी
अनयासै जिन्दगी सुक्यो नहुँदा पाखुरा बलिया ।

त्यस बेला देखि अहिलेसम्म प्रयोगमा नआएरै
तिमी खेल्न छाडेदेखि मुटुमा लागेको छ खिया ।

कफन भित्र आमा निदाए पछि मलाई फर्काइयो
अब मैले किनेर दिए पनि आमा फेर्दिनन् फरिया ।

कसै कसैको परिक्षा लिन बदलेको हुँ हुलिया ।
हुलिया बदलेर तिम्रो मन पार्नु छ छिया छिया ।

द्द्जफ्क क्द्फ्ज द्फक्ज्ज द्फ्ज क्ज्द्फ़