Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

पिपिरा चोकको नाम ‘देउती बज्यैं चोक’

असार ११, सुर्खेत ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको पिपिरा चोकको नाम अब ‘देउती बज्यैं चोक’ नामाकारण गरिएको छ । हिन्दुहरुको महान धार्मिक आस्थाको धरोहर एवं पर्यटकीय क्षेत्र देउती बज्यैं मन्दिरको प्रचारप्रसारसँगै थप प्रबद्र्धन गर्ने उद्देश्यले साविकको पिपिरा चोकलाई ‘देउती बज्यैं चोक’ नामाकरण गरिएको हो ।

विहीबार एक औपचारिक कार्यक्रमका वीच वीरेन्द्रनगर नगरपालिका–११ नम्वर वडा अध्यक्ष नन्दलाल शर्माको अध्यक्षतामा पिपिरा चोकको नाम अब ‘देउती बज्यै चोक’ नामाकरण गरिएको देउती बज्यैं टोल विकास समितिका अध्यक्ष तोरण विकले जानकारी दिए । उनले कार्यक्रममा वडा अध्यक्ष शर्मासहित वडा सदस्यद्वय तृति विक र कृष्ण तिवारी, टोल विकास समितिका पदाधिकारीसँगै साधारण सदस्य तथा स्थानीय बासिन्दाहरुको सहभागिता रहेको बताए ।

‘देउती बज्यैं टोल विकास संस्थाको निर्णयमा वडा नं। ११, वडा कार्यालयको सिफारिस र वीनपाको आर्थिक वर्ष २०७४र०७५ को निर्णय अनुसार विहीबार पिपिरा चोकको नामाकरण अब आइन्दा ‘देउती बज्यैं चोक’ राखियो,’ उनले भने, ‘प्रसिद्ध देउती बज्यैं मन्दिरको नामबाट साविकको पिपिरा चोकको नाम अब ‘देउती बज्यैं चोक’ नामाकरण गरिएसँगै स्थानीय बासिन्दालाई एकीकृत गर्दे यसक्षेत्रको पहिचान गराउनुका साथै विकास निर्माणमा सहयोग पुग्ने अपेक्षा राखेका छौं ।’

उनले देउती बज्यैं चोक नामाकरणसँगै यस क्षेत्रका बासिन्दामा विकास निर्माण प्रति नयाँ उत्साह जगाएको जिकिर गरे । उनका अनुसार साविकको पिपिरा चोकलाई देउती बज्यैं चोक नामाकरणसँगै धार्मिक आस्थाको धरोहर एवं पर्यटकीय क्षेत्रको केन्द्र विन्दु देउती बज्यैं मन्दिर नामाकरणबाट स्थानीय बासिन्दाले थप गौरवान्वित महसुस गरेका छन् । सोही अवसरमा वीनपा–११, नम्वर वडाअध्यक्ष शर्माले देउती बज्यैं चोकसँगै मन्दिरको विकासका लागि हर सम्भव प्रयास गरिने प्रतिबद्धता जनाए । त्यस्तै ११ नम्वर वडा सदस्यद्वय तृती विक र कृष्ण तिवारीले स्थानीय बासिन्दाको सहभागितामा देउती बज्यै चोकसँगै देउती बज्यै मन्दिरको विकासलागि आ–आफ्नो स्तरबाट हातेमालो गर्न सर्वसाधारणलाई आग्रह गरे ।