Loading... आजः २३ कार्तिक २०८२, शनिबार । Saturday 8th November 2025
ताजा खबर
  

व्यङ्ग्य – घ्वाच्च घोच्यो

पछिल्लो समयमा निकै चर्चामा रहे हामरा परधानमन्त्री शेरबहादुर देउवा । यिनले अहिले मात्र चर्चा कमाएका हुन र ? उहिले उहिले पनि निकै चर्चामा आएका मुन्छे हुन् यिनी । कहिले अक्षम भएर चर्चामा आए । कहिले राजाको साडुभाइ बनेर चर्चामा आए । कहिले टाउकोको मूल्य तोकेर चर्चामा आए कहिले उनै टाउकोको मूल्य तोकिएकाहरुसँग साठगाँठ गरेर चर्चामा आए । आउन त आए नि जसरी भए पनि चार चार पटक परधानमन्त्री बनेर चर्चामा आए । तर पछिल्लो समय अलि रिसाहा सन्काहा भएको भनेर चर्चा कमाएका छन् । लु खतम ।


उनलाई प्रश्न गर्ने मुन्छेको नियत राम्रो भएको भए न प्रश्नकर्ता चर्चामा आउने न त उत्तरदाता नै । यो साझा सवालले सबैको बाजा बजाउने काम भने गर्छ है । कहिले कसको बाजा बजाउँछ कहिले कसको तर यसपालि परजातन्त्रको लागि लडाइ लडेको, देशको परधान मन्त्रीको बाजा बजायो । लु खतम ।

तर यो साझा सवालको एउटा चाला ठीक लागेन प्रश्नकर्तालाई पहिले नै यो यो प्रश्न सोध्नु भनेर प्रश्न आफैले तयार गरी दिइदो रहिछ । अनि पो सहभागीको कुरा सुन्छु भनेको बेला धेरैले हात उठाए पनि ताकि ताकि तपाइँको प्रश्न लिए भनेर पो भन्छिरहिछन् त हो विद्या जी । नत्र ती हात उठाउनेहरु सबैले प्रश्न गर्न पाउनु पर्ने त्यसो नभएको देखेर यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ