समको स्मृतिमा वृक्षारोपण (फोटो फिचर)
सुर्खेत ।
आरंग नेपाल सुर्खेतले नाट्य सम्राट बालकृष्ण समको ३९ औं स्मृति दिवसमा उहाँप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरिले समको जीवनको बारेमा चर्चा गर्नुभएको थियो ।
समको स्मृति दिवसको अवसरमा आरंग नेपालको आयोजनामा वृक्षारोपण समेत गरिएको छ । वरिष्ठ कलाकार प्रेमदेव गिरि लगायतले वृक्षारोपण गर्नुभएको थियो ।

कार्यक्रममा नाट्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुहुने सुर्खेतका नाटककारहरु, कलाकार तथा साहित्यकारहरुले आ–आफ्नो प्रस्तुती राख्नु भएको थियो ।
आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमले समले नाटकका क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘बालकृष्ण समले सबै प्रकारका नाटकहरु लेख्नु भएको छ । कुनै पनि प्रकारका नाटकहरु लेख्न बाँकी नराखेका समले नाटक लेखन मात्र नभई अभिनय, निर्देशन समेत गर्नुभएको थियो ।

कार्यक्रममा खगेन्द्र अधिकारी ‘अमृत’, देवकी तिमल्सिना ‘समीक्षा’, सरस्वती पन्त, माया थापा, खम्बराज गिरि, ज्ञान बहादुर नेपाली, प्रेम विसी, सविता कोइराला, तिलक पौडेल, प्रकाश पौडेल, केशव कोइराला, खुमलाल न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।











