Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

बाढी पहिरोमा परी बाग्लुङमा चार जनाको ज्यान गयो

बाग्लुङ ।
बाग्लुङमा बाढी र पहिरोमा परी चारजनाको ज्यान गएको छ । सोमबार राति आएको पहिरोले तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको ज्यान गएको हो ।

पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइहेको छ ।

पालबहादुर वैदेशिक रोजगारीमा छन् । त्यस्तै, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिँदा करिब पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए । निसीखोला गाउँपालिकामा नै करिब ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको छैन ।