Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कैलालीमा श्राद्धको खाना खाएर एकको मृत्यु, १५ जना बिरामी

कैलाली ।

कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो  ।

बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् ।