Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

आजदेखि अंग्रेजी नयाँवर्ष

सुर्खेत ।
आजदेखि अंग्रेजी नयाँवर्षको लागेको छ । नेपालमा विक्रम सम्वत् प्रचलना रहेपनि पछिल्लो समय अंग्रेजी नयाँवर्षको समेत प्रभाव पर्दै आइरहेको छ । आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२१ को स्वागत गरिँदैछ ।


सन् २०२० एउटा विषम र कठिन वर्ष थियो । सारा विश्वलाई लकडाउनमा राखेर एक तिहाई विश्व नै घरका छतमुनी धेरै महिनासम्म बस्नुपरेको यस वर्षलाई दोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रुपमा लिइएको छ । विश्व अझै पनि भाइरसका बिभिन्न संस्करणहरुको प्रभावमा छ, कतिपय देशहरु अझै खुलेका छैनन, कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरु सुधारोन्मुख छन् ।
सन् २०२० ले पछिल्ला शताव्दीभरिमा हुन नसकेका रुपान्तरणहरु एकैवर्षमा गरिदिएको छ । यस वर्षले नयाँ र नर्मल विश्वको परिकल्पना दिएर गएको छ । नर्मल वर्षहरुको प्रतिक्षाको व्यग्रता यस वर्षले झनै बढाएर गएको हो । जिन्दगीलाई अनुभव र यादहरुको डोको रुपमा लिन सकिन्छ, हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँउदछ ।

हामीमध्य धेरैलाई फूर्सतिलो बनेर केहीवेर सोचाईमा अलमलिएर गएको बर्षको समिक्षा गर्न मन लागेको हुनपर्दछ । सन् २०२० ले विश्वलाई नै विभिन्न समस्यामा हालेर विदा भएको छ । सन् २०२१ ले सबै समस्या समाधान गर्न सकोस् शुभकामना ।