पत्रकार महासंघले नगद सहयोग ग¥यो
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा रहेको मानवसेवा आश्रममा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले नगद सहयोग गरेको छ । मानवसेवा आश्रमले शुक्रवार आश्रममा आयोजित महासंघका पदाधिकारीलाई सम्मान गर्ने क्रममा महासंघले नगद १० हजार सहयोग गरेको हो ।

अध्यक्ष गणेशकञ्चन भारतीसहितको पदाधिकारीले मानव सेवा आश्रमका संयोजक सिर्जना वलीलाई नगद प्रदान गरिएको थियो । सो अवसरमा अध्यक्ष भारतीले मानव सेवा आश्रमले प्रदेशका सडकलाई सहयोगापेक्षी मानवरहित बनाउन मद्दत गरेको बताए ।
उनले यस्तो पूण्य संस्थालाई सवैले सानो सानो भए पनि सहयोग गर्न आग्रह गर्दै आश्रमले नयाँ जीवन दिएको उल्लेख गरे । आश्रमका संयोजक वलीले सवैको सहयोगले मानव सेवा आश्रम संचालन भएको बताइन् ।

उनले हालसम्म २ सय जना सडक मानवलाई आश्रममा आश्रय दिएको र ती मध्ये एक सय जनालाई निको बनाएर पारिवारिक पुनर्मिलन गराएको जानकारी दिइन् । प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियानमा आफूहरु लागेको र यस कार्यक्रममा सहभागी हुन उनले सवैसँग अपिल गरिन् ।
हाल उक्त आश्रममा ६४ जना सहयोगापेक्षिहरु आश्रित छन् ।






