Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

एमयूमा चार जनाको संयुक्त राजीनामा

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तीन उपप्राध्यापक र उक निर्देशक गरी चार जनाले संयुक्त राजीनामा दिएका छन् । विश्वविद्यालयको कानून संकाय स्कुल अफ ल अनतर्गत संचालन भएको स्नातक तह विए एलएलवि को शैक्षिक सत्र २०७७÷०७८ को नयाँ भर्नाका लागि मिति २०७७ फागुन १७,१८ र १९ गते संचालन भएको प्रवेश परीक्षा ((लिखित तथा मौखिक) को नतिजा प्रकाशनका सम्बन्धमा उपकूलपति तथा रजिष्टारबाट अनावश्यक रुपमा आफ्नो पेशागत मर्यादाको मान मर्दन गरेको भन्दै निर्देशक अर्नुन बहादुर अयडी उपप्राध्यापकहरु सुजन पन्त, महेश कुमार शाही र सुजाता मानन्धरले संयुक्त राजीनामा दिनु भएको हो ।

विश्वविद्यालयको कानून संकायको स्कुल अफ ल को तत्तत् जिम्मेवारीबाट नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ।

एमयूमा ‘हेलो इफेक्ट’ आधारमा रिजल्ट

उक्त संकायमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा दिएका तर परीक्षामा अनुतीर्ण भएका विद्यार्थीहरुले रजिष्टारको कार्यालयमा उक्त परीक्षामा हेलो इफेक्टका आधारमा परीक्षाको रिजल्ट गरेको दोष लगाउँदै निवेदन दिएका छन् । चिनजान र भनसुनकै भरमा विद्यार्थीलाई पास गरेको र रेष्टुरेण्टमा बसेर पाटी गरेको कुरा समेत बाहिर आइसकेकोले विश्वविद्यालयका उपकूलपतिले यस बारे छानविन गर्ने बताउँदै आउनु भएको छ ।