Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सबै दलसँग छलफल गरेर अघि बढ्ने कांग्रेसको निर्णय

काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि गर्नुभएको आहवान सम्बन्धमा अन्य दलसँग सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको संयुक्त बैठकले विभिन्न विकल्पमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । ‘संविधानको रक्षा मूल उद्देश्यसहित कुन बाटो अख्तियार गर्नुपर्छ, अन्य दलसँग सबै विकल्पमा छलफल गर्छौं,’ बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो ।

सरकारले विश्वासको मत नलिने जनाउँदै नयाँ सरकार गठनको प्रक्रिया थाल्न अनुरोध गरेसँगै  बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाको समय दिएर  ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।

कांग्रेसले यसलाई असंवैधानिक कदम भनेको छ । संविधानविदहरूले पनि प्रधानमन्त्रीले राजीनामा वा विश्वासको मत नलिई राष्ट्रपतिबाट अर्को धाराअनुसार सरकार गठनको आह्वान हुनु संविधानतः गतल भएको जिकिर गरेका छन् ।