Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

गुलाफरूपी प्रेम

नेपाली समाज आफ्नो छुट्टै मौलिक एवम् ऐतिहासिक पृृष्ठभूमि भएको साझा फूलवारी हो । यहाँ विभिन्न किसिमका जातजाति,भाषाभाषि, धर्म सँस्कृति, चालचलन, रीतिरिवाजका मानिसहरूकोे बसोबास रहेको छ । प्रत्येक समुदायमा आ–आफ्नै संस्कार र संस्कृति भएकाले यो समाज विविधतामा एकताको प्रतीक हो । यहाँका हरेक समुदायमा सामाजिक, जातीय, वर्गीय, लैङ्गिक, धार्मिक, एवम् साँस्कृतिक रुपमा भिन्नता पाईन्छ । जसले नेपाली समाजलाई विभिन्न रङ्गीविरङ्गी सुवासयूक्त बगैँचा र थरिथरी वोली भाषा भएका समाजरुपी बगैँचाको सिर्जनशील फूलहरुका रुपमा चिनाएको छ । यो समाज साच्चिकै समकालिन परिवेशमा होस् या परम्परागत जुनसुकै धारबाट हेर्दा पनि यसलाई विश्वका विभिन्न समाजका तुलनामा शब्दका वाण मार्फत भाषिक अभिव्यक्तिका माध्यामले जति व्याख्या र विश्लेषण गरे पनि अपुग नै हुन्छ । जुनसुकै दृष्टिकाणेबाट नियाल्दा पनि नेपाली समाजलाई विविधताभित्र एकता सहित सम्भावनाको अटुट, अतुलनीय, सृर्जनशिल एकताका रुपमानेपाली समाजलाई लिन सकिन्छ ।

नेपाली समाजले विविधतासहितको एकताको शिखर चुम्न समाज परिवर्तनशील हुनु र समकालिन समाज आधुनिकता तर्फ लम्कनु परिवर्तन हो । मानव सभ्यताको उषाकालदेखि हालसम्मको नेपाली समाज मौलिक पहिचान सहितको सुनौलो प्रतिक हो । उत्पतिकालिन नेपाली समाज र वर्तमान नेपाली समाजमा केहि पविर्तन आउनु स्वाभाविक हो । नेपाल विभिन्न जातजाति ,भाषा भाषिका आ–आफ्नै किसिमका चालचलन थिए, त्यहि अनुसारका कामकाज विभाजित थिए । काम कार्यको उच्च सम्मान सहित समाजिक साँस्कृतिक र धार्मीक एवम् ऐतिहासिक परम्परा अनुसार विवाह ,पुजा ,गृह प्रवेश, जन्मत्सव, मृत्यूकार्य लगाएतका शुभ अशुभ कार्यहरू सम्पन्न हुनु र सबैको त्यस्ता कार्यमा हातेमालो हुनु विविधतामा एकता हो । अबको नेपाली समाजमा वर्तमान नेपाली परिवेश अनुसार सबैको समान सहभागिता र सहअस्तित्वसहित अगाडि बढनु आवश्यक छ । अब कुनैपनि समुदायलाई नेपालको ऐन, कानुन बमोजिम सबै कुरा गर्न सबैलाई समानरुपले अवसर प्रदान गर्ने समाजको निर्माण गर्नका लागि नेपाली समाज अगाडि बढन् आवश्यक छ । जातियताका, धार्मिकताका, लैगिकताका आधारमा कोही कसैलाई विभेद गर्न पाईने छैन् । सबैलाई समान अधिकारको प्रत्याभुति हुने सभ्य नेपाली समाजको आवश्यकता छ ।

समाजमा सबैलाई विभिन्न क्षेत्रमा समान अधिकार छ । अवको नेपाली समाज सकरात्मक पक्षलाई मूख्य विषयवस्तुु बनाएर अगाडि बढन आवश्यक छ । प्रेम प्रसंगका विषयमा होस या सामाजिक साँस्कृतिक विषयमा होस कोही कसैका दवाबमा रहने अवस्था हुदैन् । यदाकदा नेपाली समाजमा अन्र्तरजातीय विवाहको विषयलाईं लिएर कयौँ मुद्दा मामिला भएका पाइन्छन् । यस्ता सामान्य विषयवस्तुलाई अवको समाजले सह रूपमा लिनुपर्छ । आफ्नो मनपरेको चिज सबैलाई प्यारो हुन्छ, उक्त चिज छनोट गर्ने अधिकार पनि स्वयमलाई नै हुन्छ । यसमा समाज र परिवार बाधक बन्नु हुदैन् । यस्ता थुप्रै भाषिक, साँस्कृतिक, धार्मिक मुद्दाहरु छन सबैको अधिकारको मन्न गदै समकालिन नेपाली समाज अगाडि बढन् वर्तमान समाजको आवश्यक हो । नेपाली समाज विभिन्न जातजाति, भाषाभाषि, धर्म, सम्प्रदायको साझा फुलवारी भएकाले समयानुसार परिवर्तन हुँदै विविधतामा एकता कायम गर्नु यसको मुल पहिचान हो ।

गुुलाफ प्रेमको प्रतिक हो । हरेक प्रेममा रङ्गिन र स्वर्णीम सपना हुन्छन् । गुलाफरूपी प्रेम रङ्गिन र ज्यूँदो प्रेम हो । प्रेम स्नेह हो, कल्पना हो, जीवन हो, यो सागर हो, मणी हो, समून्द्र हो, हिरा हो, जगत हो, सृष्टि हो यो हरेक प्रेम जोडिहरूको वास्तविकताको सुन्दर मन्दिर हो । जहाँ हरेकले आफ्नो आत्मिक स्नेपूर्ण रङ्गिन सपनालाई वास्तविकतामा परिणत गर्न साक्षतकार हुन्छन् । प्रेमलाई विभिन्न्न किसिमले परिभाषित गर्न सकिन्छ ।

संसारमा हरेक प्रा्रणीमा प्रेम हुन्छ मात्र त्यो प्रसंग अनुसार भिन्न हुन्छ । जस्तो भएपनि यसको मर्म आत्मियतासँग गासिन्छ । प्रेम किन? प्रेम कसलाई र के का लागि भन्ने प्रश्न प्रेम जोडिमा सायद विरलै आउँछन । प्रेम चाहेर गर्ने चिज रहेन छ । प्रेम मनसँग मनको संयोग भावनासँग भावनाको संयोग भई सुन्दर नयनबाट प्रवेश गरी हृदयको अन्तर कुनामा बाँस गर्नेृ छुट्टै चिज हो प्रेम, प्रेम दिलबाट गर्ने कुरा हो दिलसँग दिलको योग भए आफैँमा मौलाउने सुन्दर वस्तु हो प्रेम । गुलाफ प्रेमको प्रतिक भएकाले प्रेम र गुलाफको नजिक सम्बन्ध छ । बगैँचामा रङगिबिरङगी गुलाफहरु साँचिकै प्रेम जोडिकै निम्ति फग्रेका हुन ति फग्रदैनथ्यो त प्रेम मौलाउदैनथ्यो । त्यसैले गुलाफी प्रेम अजिब छ, अटल छ र निश्चल छ । प्रेम र गुलाफ सुन्दर चिज हुन जब प्रेम गाढा बन्छ गुलाफ जस्तै सुन्दर र स्वर्णीम बन्छ र अमर कहलिन्छ । प्रेम कहानि गाढा हुन्छ । भनिन्छ ढुङ्गाले प्रहार गरे दुस्मनि कमाईन्छ विडम्बना फुलका पुष्प गुच्छाले प्रहार गरे प्रेम खै, रङ्गिन गुलाफी प्रेमको परिभाषा कठिन छ । ढुङ्रगाको लडाईमा रोदन निस्कन्छ फुलका्े लडाईमा रस्रुपी स्नेह सहितको मुस्कान । त्यसैले गुलाफी प्रेम अटल छ र सदा जीवित छ । संसारमा कहि स्वच्छ प्रेम छ भने त्यो पवित्र छ ।

प्रेमले, भावना, कल्पना र सृर्जनशिलतालाई अमर तुल्यायी दिन्छ । प्रेम प्रेमीको मनमा स्नेहका ज्वारभाटा बल्झाइदिन्छ, गुलाफी प्रेम सुन्दर बिरुवा हो यो दिलभित्रको बगैँचामा मौलाउँछ, हुर्कन्छ र बढ्रछ र विभिन्न समस्याहरुलाई चिरफार गदै महान संसारमा आफ्नो पहिचान सहित अस्तित्व कायम गर्छ, त्यो नै गुुलाफी प्रेम हो । प्रेम सुन्दर र निश्चल हुदाहुदै बिचमा विभिन्न सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थीक अबरोधहरुले कयौँ प्रेम जोडिहरु घर, ठाउँ र स्थान समेत छोड्न बाध्य भएका छन् । धेरैले आफ्नो निश्चल प्रेमले सार्थकता नपाउँदा संसार नै छोडेका छन । यि सबैको बाधक अन्धविश्वासमा अडेको जातिवादी मानसिकताको समाज हो । जसले अन्तर जातीय रूपमा प्रेम गर्ने प्रेम जोडहरूलाई संकटमा पारेको छ । सुन्दर प्रेमलाई घर परिवार र समाजले सहजै स्वीकारदैन र उनिहरू परिस्थितिको शिकार बन्न पुग्छन् र बाध्यात्मक स्थिति सृर्जना हुन्छ । नेपाली समाजले स्वच्छ प्रेमलाई सहजै स्वीकारनु पर्छ । तब मात्र रङ्गिन गुलाफी प्रेमले सार्थकता पाउँछ ।

साच्चिकै नेपाली समाज विविधता भित्रको एकता र गुलाफी प्रेम एकता भित्रको मौलाउदो फूल भएकाले यि एक आपसमा सुन्दर छन्, स्वर्णीम छन्। परिर्वतित समकालिन समाज यसै तर्फ रूपान्तित भई प्रेमलाई गोडमेल गर्नु पर्छ । सुन्दर प्रेम जोडिहरू नै भोलिका समाजका संरक्षक भएकाले गुलाफरूपी पे्रम नै आधुनिक परिवर्तनशिल नेपाली समाजको प्रतिक हो ।