Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

बिपी स्मृति दिवस मनाइयो

काठमाडौं ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार विशेष कार्यक्रम गरि मनाईएको छ । प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उहाँ २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित बिपी संग्राहलयमा विशेष कार्यक्रम गरी बिपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

त्यसैगरी सुशिल कोइराला मेमोरियल फाउण्डेसनले बिपी स्मृति दिवसकै अवसरमा बुधवार गरेको वेभिनारमा प्रोफेसर डाक्टर जयराज आचार्यले कोइरालाको व्यक्तित्वको चर्चा गर्दै तात्कालिन समयमा अलइण्डिया रेडियोले उहाँको निधन बारे प्रशारण गरेको समाचार जस्ताको त्यस्तै वाचन गरेर सुनाउनुभएको थियो । आचार्य तात्कालिन समयमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो ।

जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका बिपी २००७ सालको क्रान्तिका शीर्ष नेता हुनुहुन्थ्यो । जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचन मार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बिपीले संसदको चुनाव स्विकार्नुभयो ।

२०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । बिपी नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । तर जननिर्वाचित सरकारले १८ वर्ष काम गर्न पाउँदा नपाउँदै २०१७ साल पुष १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद भंग गरेपछि बिपीले आठ वर्ष सुन्दरीजल जेलमा बिताउनु प¥यो । रिहा भएपछि मुलुक भित्र बसेर सशक्त आन्दोलन गर्ने वातावरण नदेखेर उहाँ भारत प्रवास जानुभयो र त्यहीँबाट पञ्चायत विरुद्ध, सशस्त्र शान्ति चलाउनु भयो । आठ वर्ष भारत प्रवासमा बिताएपछि मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने संकेत ठानेर बिपी २०३३ साल पुष १६ गते राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किनु भयो । प्रजातन्त्रका लागि लडेपनि राष्ट्रि«यताको सवालमा आफ्नो र राजाको घाँटी जोडिएको अभिव्यक्ति दिनुभयो । त्यसको केही वर्षमै मुलुकमा जनमत संग्रह घोषणा भयो । पञ्चहरुले धाँधली गरी बहुदल हराएको भन्दै परिणाम स्विकार नगर्न पार्टी भित्र तीव्र दबाव परे पनि उहाँले परिणाम स्विकार गर्नुभयो । मुलुकको सार्वभौमिकताका सामु प्रजातन्त्र गौण हुन्छ भन्ने कुरालाई व्यवहारमै उतार्नु बिपीको चानचुने निर्णय थिएन । बिपीको निधन भएको चार दशक पुग्नै लाग्दा उहाँले प्रतिपादन गरेको मेलमिलापको नीति सान्दर्भीक भएको छ ।