Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

शहिदको सम्झनामा वृक्षारोपण

सुर्खेत ।
शहिदको सम्झनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्रदेश निर्माणको क्रममा अखण्ड मध्यपश्चिमको आन्दोलनमा शहिद भएका याम बहादुर बिसी, गोपालसिं रजवार, टिकाराम गौतम र हरिबहादुर कुँवरले आजभन्दा ६ वर्ष अगाडि आजकै दिन शहादत प्राप्त गरेका थिए ।

उक्त आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा याम विसी स्मृति प्रतिष्ठानको आयोजनामा वीरेन्द्रनगरको देउती बज्यै सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री नेपालीले भन्नुभयो, ‘विभिन्न आन्दोलनहरुमा शहादत प्राप्त गर्नेहरुले देखाएको बाटोमा हिड्न सक्नुपर्छ । उनीहरु भौतिक रुपमा यो संसारमा नरहेपनि इतिहासका पानामा सुन्दर अक्षरले आफ्नो नाम लेखाएका छन् । अमरत्व प्राप्त गरेका छन् ।’

No description available.
शहिद याम बिसी स्मृति प्रतिष्ठानले सामाजिक कार्यहरु गरिरहेको बारेमा प्रशंसा गर्दै वन र वनको महत्वलाई बुझेर वृक्षारोपण गर्ने कार्यले समाजलाई वन जोगाउनु पर्छ भन्ने शिक्षा दिएको मन्त्री नेपालीको भनाई थियो ।

प्रदेश सरकारले शहिल परिवारहरुलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरेको बताउँदै मन्त्री नेपालीले भन्नुभयो, ‘मृत्यु दुःखद भएपनि शहिदको मृत्यू गौरवान्वित पनि हुने भएकोले उनीहरुलाई सम्मान गर्न सक्नु पर्छ ।’ त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने कार्य गर्नमा आफूहरु पछि नपर्ने उहाँको भनाई थियो ।

वृक्षारोपण कार्यक्रममा वन उपभोक्ता समूहका अध्यक्ष दीपा शर्मा, वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्मासहितको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.