Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

थलहमा पाउरोटी उद्योग संचालन

जाजरकोट ।
जाजरकोट जिल्लाको पश्चिम क्षेत्रको मुख्यबजार थलहमा पाउरोटी उद्योग संचालनमा आएको छ ।


सेभ द चिल्ड्रेन तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको संयुक्त साझेदारीमा सञ्चालित अवसर परियोजना अन्र्तगत छेडागाड नगरपालिका वडा नं. ५ का पाँचजना गरिव तथा विपन्न महिलाहरुको सामुहिक प्रयासमा पाउरोटी उद्योग संचालनमा आएको छ । उद्योगबाट दैनिक रुपमा पाउरोटी, टोसा लगाएका खाजा नास्ता उत्पादन भईरहेको छ ।

थलह बजार क्षेत्र, बाटुले, मिलबजार, सुवानाउली रादेउ, दशेरा, मनघाट, खारा, जुनिचाँदे लगाएतका बजार क्षेत्रमा बजार विस्तार गर्ने लक्ष्य सहित पाउरोटी उद्योग संचालन भएको पौरखि लघु उद्यम समुहका अध्यक्ष श्री बाल कुमारी सिंहले बताउनु भयो ।

पाउरोटीको उत्पादनको भट्टी निर्माण, आवश्यक सामाग्री कच्चा पर्दार्थ तालिम उत्पादन सिप पछि सबै कामको ब्यवस्थापन पछि छेडागाड नगरपालिकाका मेयर लाल बहादुर महताराले उद्घाटन गरे पछि उत्पादन बजार क्षेत्रमा बिक्री शुरु गरिएको थियो ।

३ बर्ष अगाडी देखी थलह बसपार्कमा खुद्रा पसल संचालन गर्दे आएकी बालकुमारी सिंहको खुद्रा पसलबाट आम्दानी नभए पछि घर परिवारको खर्च ब्यवस्थापनमा समस्या आएको सिंहको भनाइ रहेको छ ।

श्रीमान प्रकाश शाही ६ बर्ष वैदेशिक रोजगारमा बसे पनि घरपरिवारको खर्च, जादाँ लिएको ऋण तिर्दा कमाइ जति सकेको र घर फर्किदा २ लाख ५० हजार काठमान्डौमा बैंकबाट निकाल्दा खेरी नेहा खान दिएर डाँकाले सबै पैसा लिए पछि घर आउदा चप्पल पनि खुट्टामा नलिएर आएको अहिले पनि सम्झनामा आउने गर्छ ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको अवसर परियोनाबाट संचालित बाल गरिबी तथा जिवीको पार्जन कार्यक्रमबाट जोखिममा रहेका बालबालिकाको घरपरिवारलाई सहयोग गर्ने कार्यक्रमबाट तालिममा सहभागी भई, ब्यवसाय शुरु तथा ब्यवसाय विस्तार कार्यक्रम, ऋण तथा बचत, जीवन उपयोगी सिप जस्ता तालिका प्याकेज लिएर पाउरोटी उद्योग शुरु भएको छ ।

अब ज्याला मजदुररी कामको लागी भौतारिदै बाहिर जानु पर्दैन तथा अरु साथीहरुलाई रोजगार दिने योजना सहित श्रीमान प्रकाश शाहीले साथ दिएको बाल कुमारी सिंहको भनाई रहेको छ ।

पाउरोटी बनाउने तालिम लिएर यस उद्योगमा पाउरोटी उत्पादन गर्न थाले पछि बाल कुमारी सिंह र प्रकाश शाहीले अन्य पाउरोटी उद्योगमा तालिम दिन सक्ने सिप विकास भएको जानकारी दिनु भयो ।