Loading... आजः २३ आश्विन २०८३, शुक्रबार । Friday 9th October 2026

क्यान महासंघको ६ नंं प्रदेश अध्यक्षमा अधिकारी

काठमाडौं ।

८ पौष

कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघको ६ नं. प्रदेश अध्यक्षमा सुर्खेतका पूर्णदेव अधिकारी निर्विरोध निर्वाचत हुनु भएको छ । काठमाडौंमा भएको क्यानको २४ औं महाधिवेशनबाट अधिकारी प्रदेश नं. ६ को प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

Image may contain: 1 person, standing and indoor
क्यान सुर्खेत शाखाको संस्थापक महासचिव समेत रहनुभएका अधिकारी यसभन्दा अगाडि क्यान सुर्खेत शाखाको अध्यक्ष समेत हुनुहुन्थ्यो । अधिकारीको कार्यकालमा क्यान सुर्खेत शाखा देशभरका शाखाहरु मध्ये उत्कृष्ट शाखा बन्न समेत सफल भएको थियो भने सुर्खेत उद्योग बाणिज्य संघको बस्तुगत समितिको अध्यक्ष समेत रहेर अधिकारीले बस्तुगत तर्फ उत्कृष्ट भूमिका निर्वाह गरेकोले सम्मानित समेत भइसक्नु भएको छ । पछिल्लो समयमा सक्रिय रुपमा क्यानको संस्थागत विकासमा समेत लागिरहनु भएका अधिकारीको नेतृत्वमा सुर्खेतमा क्यान इन्फोटेक समेत सम्पन्न भइसकेको छ ।

प्रदेश अध्यक्षमा आजै सपथ ग्रहण समेत गरिसक्नु भएका अधिकारीले हामीसँग टेलिफोनमा भन्नुभयो, ‘पछिल्लो समय नेपालमा सूचना र प्रविधिको विकासले निकै फड्को मारिररहेको छ । यो खुसीको कुरा हो । विकासोन्मुख देशहरुको लागि विज्ञान र प्रविधिको विकासले मात्र अन्य विकासका कार्य गर्नमा सहयोग पु¥याउने भएकोले सबै भन्दा पहिले प्रविधिको विकास हुनु जरुरी छ । जसको लागि क्यान महासंघ निरन्तर सक्रिय भएर लागिरहेको छ ।’ उहाँले भप्नुभयो, ‘ ६ नं. प्रदेशको निर्विकल्प राजधानीको रुपमा हेरिएको सुर्खेत र सुर्खेतमा प्रविधिको विकास गर्नका लागि सुर्खेतका सबै तह र तप्कासँग हातेमालो गरेर अगाडि बढ्नेछु ।’

देश संघीयतामा गएसँगै विभिन्न संघ संस्थाहरुले पनि संघीय संरचना अनुसार संगठनात्मक विस्तार गर्दै आइरहेका छन् । जस अन्तर्गत नै क्यानले पनि आफ्नो २४ औं महाधिवेशनबाट यो प्रक्रियाको शुरुवात गरेको हो । ११ सदस्सीय रहने प्रदेश समितिका अन्य पदाधिकारीहरु भने प्रदेश अध्यक्षले पछि मनोनित गर्ने प्रावधान छ ।