गजल – सिर्जु शाह

कति माया हो सानु, तिम्रो शहरको पनि मलाई,
हिसाव राखुँ लाग्छ, तिम्रो हर खबरको पनि मलाई ,
तारा हेर्दा जूनलाई देख्छु, सारा हेर्दा तिम्लाई देख्छु
अनौठो नशा लागेछ , तिम्रो नजरको पनि मलाई ,
आँधी आओस, हुरी आओस , अन्धकार छाओस
आँटीलो छु लाग्दैन डर , घना सफरको पनि मलाई
न बोल्छन , न हेर्छ्न मुर्ती जस्तै स्थिर रहन्छन्
खै किन लाग्छ माया, त्यो पत्थरको पनि मलाई ,
तिमी चुपचाप हेरीरहेछौ, म नजिकै डुबिरहेछु,
के माया लाग्दो हो , निस्ठुरी बगरको पनि मलाई ।






