Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

हातहतियार बुझाउन प्रशासनको अनुरोध

सुर्खेत ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्खेतले इजाजत प्राप्त हात–हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ । प्रशासनले सोमबार एक सुचना जारी गर्दै स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न प्रश्चाप पाउँने गरी प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।

उक्त जारी सुचनामा भनिएको छ, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नको लागि यस जिल्लाभित्र रहेका इजाजत लिई राखिएका विभिन्न किसिमका हात–हतियारहरु निर्वाचन सम्पन्न भए पश्चात फिर्ता पाउने गरी नजिकको प्रहरी इकाईहरु मार्फत् जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा १५ दिनभित्र बुझाउनको लागि सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’