Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

मलेसियामा एक नेपाली मृत फेला

जुम्ला

जुम्ला जिल्ला वडा नं १ हिमागाउँपालिका देवारगाँउ घर भएका मयलाल परियार नाम गरेका  व्यत्ति मलेसियामा मृत फेला परेका छन् ।

साउन १९ गते उनि वैदेशिक रोजगारीको सिलसिलमा नेपालबाट मलेसिया उडेका परियार केहि दिनमा असामहिक निधन भएको हो । शनिवार राती उनको मृत शरिर फेला परेको  भन्दै । गोल्डेन खबरलाई जुम्ला घर भइ हाल मलेसियामा बस्दै आएका  मृगेन्द्र कुमार शाहीले  जानकारी दिनुभएको छ ।

मृतको शरिर अहिले मलेसियाको कोलालम्पुर स्थित अस्पतालमा रहेको  बताए ।अहिले उक्त मृत शरिर प्रहरीको सुरक्षामा रहेको शाहीले बताएका छन् । मृत शरिर नेपालमा ल्याउनको लागि सरकार समक्ष पहल गरेको र छिटो भन्दा छिटो नेपाल ल्याउन सकियोस् र सरकारको ध्यानकर्षण रहोस् । परिवार समक्ष मृत शरिर नपुगेसम्म आफुहरु जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताएका छन् ।