गो–बध विरुद्धमा सुर्खेतमा शान्तिपूर्ण ¥याली
सुर्खेत ।
धरानमा भएको गो–बधको विरुद्धमा देशभरका सनातनीहरु जाग्न थालेका छन् । धरानमा गाईको हत्या गरेको, गोरु काटेर सामुहिक भोज गरेको तस्वीर तथा भिडियो क्लिपहरु सामाजिक सञ्जालमा पोष्ट भएपछि सनातनीहरु पनि विरोधमा उत्रिएका छन् । यसै क्रममा कर्णालीको राजधानी सुर्खेतमा समेत सनातन धर्म समितिको आयोजनामा शान्तिपूर्ण ¥याली प्रदर्शन गरिएको छ ।

वीरेन्द्रनगर बजार परिक्रमा गरी स्थानीय वीरेन्द्रचोकमा कोणसभामा परिणत भएको शान्ति ¥यालीलाई विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा दर्शनशास्त्रका ज्ञाता पण्डित तिलकप्रसाद रिजालले भने, हामी सनातनीहरु हिंसा चाहदैनौ तर हामीलाई हिंसामा उत्रन बाध्य पारिनु हुँदैन । ‘सर्वे भवन्तु सुखिन’ को नारा लगाउनेहरुलाई हिंसामा उत्रार्ने कोशिस गरियो भने त्यसले निम्त्याउने परिणाम भने खतरा हुने उनले बताए ।
उनले भने राजनीतिक खोलका आधारमा धर्म रक्षाका लागि बोल्न नसक्नले अहिलेको परिस्थितिको सिर्जना भएको हो । देशका ठूला राजनीतिक दल र तिनका शीर्ष नेताहरुले धर्मप्रति प्रहार गरिरहेकाले अब राजनीतिक नेताहरुको कार्यकर्ता भएर होइन सनातनी हिन्दु भएर, ओमकार परिवारको सदस्य भएर अगाडि बढ्ने समय आइसकेको छ ।

कोणसभालाई विश्व हिन्दु महासंघ कर्णालीका अध्यक्ष जयबहादुर बिसी, सुर्खेत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धनबहादुर रावत, श्री १०८ मोहनानन्द स्वामीलगायतले सम्बोधन गरेका थिए भने सहजीकरण ललित भट्टराईले गरेका थिए ।






