Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

विभिन्न माग राख्दै व्यापारीहरु आन्दोलित

सुर्खेत २० चैत्र ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा घर, टहरामा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुले वीरेन्द्रनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । वर्षाैंदेखि स्वरोजगार व्यापारीहरुलाई उचित व्यवस्थापन नगरी घर टहरा भत्काएको भन्दै उचित व्यवस्थापन गर्न मागसहित मंगलवार ज्ञापन बुझाएका हुन् ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ जिल्ला कार्यसमिति सुर्खेतले विभिन्न आठ वटा मागसहित ज्ञापन पत्र बुझाएको हो । उनीहरुले नगरपालिकामा बैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने, व्यापार व्यवसाय सञ्चालनका लागि तत्काल उपयुक्त स्थान उपलव्ध गराउनुपर्ने, श्रमिकहरुको पंजीकृत गरी परिचय पत्र वितरण गर्नुपर्ने, सामाजिक सुरक्षा व्यवस्था लागु गर्नुपर्नेलगायतका माग अगाढी सारेका छन् ।

यस्तै, नगरपालिकाबाट हुने ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने नगरको गुरुयोजनाअनुसारको अतिक्रमणभएको सम्पूर्ण स्थान तत्काल हटाउनुपर्ने, व्यवसायिक क्षेत्रका शौचालनहरुको व्यवस्थापन गर्नुपर्ने, व्यवसायिक क्षेत्रमा खानेपानीको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु नगरपालिका समक्ष राखेका छन् ।

व्यापारीहरुका माग पुरा नभए आगामी वैशाख पाँच गतेदेखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । पाँच गते एक घण्टा, ६ गते दुई, सात गत्ते तीन, ८ गते चार र नौं गते ६ घण्टा नगरपालिका कार्यालय अगाडी धर्ना दिने आन्दोलनका कार्यक्रम रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

वैशाख १० गतेदेखि १४ गतेसम्म नगरपालिका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने र १५ गतेसम्म माग पुरा नभए वीरेन्द्रनगर नगरपालिकामा तालावन्दी गर्ने आन्दोलन कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।