Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

महायज्ञको समापन भोलि : संकल्पकर्ताले दानभेटी लिएनन्

सुर्खेत १४ वैशाख
देउती बज्यै पूर्वाधार समितिले यही वैशाख ७ गतेदेखि मन्दिरको पूर्वाधार विकासका लागि आयोजना गरेको धनधान्याञ्चल विराट महायज्ञको भोलि वैशाख १५ गते समापन हुँदैछ । सुर्खेत निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् नेपाल सरकारका पूर्व मन्त्री माननीय यामलाल कंडेलको प्रमुख आतिथ्यतामा समापन हुने कार्यक्रम रहेको पूर्वाधार विकास समितिले जनाएको छ ।

 

देउती बज्यै मन्दिर वास्तुशास्त्र अनुसार नभएकोले यसलाई वास्तुशास्त्र अनुसार निर्माण गर्नु विशेष पहलकर्ता एवम् महायज्ञका संकल्पकर्ता सविन शिवाकोटीले भक्तजन तथा पूर्वाधार विकास समितिले दिएको कुनै पनि दान तथा भेटी लिएनन् । महायज्ञको शुभारम्भ हुनुपूर्व १७ हजार १ सय १७ रुपैयाँ दान दिएका संकल्पकर्ता सविनले एक पैसा पनि दान नलिने बताए । देउती बज्यै मन्दिरको पूर्वाधार निर्माणका लागि महायज्ञबाट योजनाको शुरुवात गीरएको संकल्पकर्ता शिवाकोटीको भनाई छ ।

उनले भने, हामीले मन्दिरको वैज्ञानिक एवम् आध्यात्मिक त्यो पनि वास्तुशास्त्र अनुसार गुरुयोजना बनाएका छौ त्यही गुरुयोजना अनुसार ३ देखि ५ वर्ष भित्रमा आफ्नो कार्य समपन्न गर्दछौं । यस अघि महायज्ञमा आर्सिरवचन प्रदान गर्न आएका श्री श्री श्री १००८ हिरमान हरी गिरी जी (नागाबाबा) ले पनि कुनै दानभेटी लिएका थिएनन् । संकल्पकर्ता सविन शिवाकोटी श्री श्री श्री १००८ हिरमान हरी गिरी जी (नागाबाबा) का चेला हुन् ।

देउती बज्यैमा भइरहेको महायज्ञमा शुक्रबारसम्म ६२ लाख दानको प्रतिवद्धता भइसकेको छ भने नगद करिब २० लाख दान संकलन भएको पूर्वाधार विकास समितिले जनाएको छ ।
महायज्ञको साथसाथै मन्दिरमा गरिनु पर्ने भौतिक कार्यहरु पनि भइरहेका छन् । महायज्ञमा श्रीयन्त्रको वितरण, तुलादान, धान्याञ्चल, हवन, पूजा, कथा वाचनलगायतका कार्यहरु भइरहेका छन् ।

महायज्ञको समापन भइसकेपछि पनि देउती बज्यैको पूर्वाधार विकासका लागि दान गर्न सकिने र दानीहरुलाई उचित सम्मान गरिने पूर्वाधार विकास समितिले जनाएको छ ।