Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

डब्लु डब्लु जे सुर्खेतमा भण्डारी

सुर्खेत, १९ साउन ।

क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे शाखा सुर्खेतको अध्यक्षमा लक्ष्मी भण्डारी चयन भएकी छन् । डब्लु डब्लु जे शाखा सुर्खेतको शनिवार सम्पन्न पाँचौ अधिवेशनले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा चादनी केसी, सचिवमा सविता जिसी, सहसचिवमा प्रभा रावत र कोषाध्यक्षमा सीता वली चयन भएका छन् । नवगठित समितिको सदस्यहरुमा कल्पना ढेङ्गा मगर, अप्सरा विष्ट, निरु घटाने र सीता आचार्य रहेका छन् । यस्तै कार्यसमितिको सल्लाहकारहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश उपाध्यक्ष डम्मर आचार्य र डब्लु डब्लु जे शाखाका निवर्तमान अध्यक्ष मुना हमाल रहेका छन् ।

Image may contain: 7 people, including Niru Ghatane, प्रभा रावत, Laxman Soni and चाँदनी सरगम, people smiling, people standing and outdoor
अधिवेशनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार महिलाहरुको मुद्दामा एकढिक्का भएर लाग्नको लागि समितिलाई आग्रह गरे । यस्ता खालका समितिले पत्रकार महिलालाई सशक्त बनाएको भन्दै सेजुवालले महिलाका हककअधिकार र महिलाका समस्यालाई चिर्दै अगाडी बढ्न सुझाव दिए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले पत्रकार महिलाहरु एकजुट भएर अघि बढेमा महिलाका अधिकार प्राप्तीको लागि सहज हुनुको साथै महिलाका मुद्दाहरु अगाडी बढाउन सहज हुने बताइन् । डबलु डब्लु जे कर्णाली प्रदेशका संयोजक तीला भण्डारीले क्रियाशिल रुपमा कार्यरत पत्रकार महिलाहरुको हक अधिकारको साथै समग्र महिला तथा बालवालिकाको विषयमा आवाज उठाउन सहज हुने बताइन् । उनले यस समूहले सबैको आवाज लिएर अघि बढ्नुपर्ने सुझाव दिइन् ।