Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

सङ्केत को ‘बुद्धल्यान्ड टु स्विजरल्यान्ड’ लोकार्पण

गत 12 अगस्त 2018 अर्थात 27 भदौ 2075 को दिन विश्व नेपाली साहित्य महासंघको दोस्रो विश्व सम्मेलन क्वान्तोवरी सिसि युनिभर्सिटी युकेमा भव्यतापुर्वक सुसम्पन्न भयो । बेलायतका महामाहिम राजदुत डा. दुर्गाबहादुर सुबेदिको प्रमुख अतिथ्यमा नेपालबाट आमन्त्रीत विशेष अतिथी समालोचक प्राडा. गोविन्दराज भट्टराई, बरिष्ठ कवि तुलशी दिवस, समालोचक खगेन्द्र संग्रौला, प्राडा नोबल किशोर राई, गीतकार भावेश भुमरी आदिको उपस्थितमा अध्यक्ष बिस्वासदीप तिगेलाले सभापतित्व गर्नु भएको थियो ।

सोही दिनमा केदार सङ्केत द्वारा लिखित ‘बुद्धल्यान्ड टु स्विजरल्यान्ड’ यात्रास्पर्श पनि बिमोचित गरियो । सङ्केत को यो दोश्रो यात्रा संग्रह हो । एथेन्स को झरी यो भन्दा आठवर्ष पहिला प्रकाशित भै सकेको छ । जुन मध्यपश्चिम विश्वविद्यालयमा बिइएस (Bachelor of Educational Sciences) को अन्तर्विषयक अध्ययनअन्तरगत समावेश गरी यसको पाठ्यक्रम तयार भई विगत वर्षदेखि पढाइ प्रारम्भ गरिएको छ ! विक्रीका लागि रत्न पुस्तक भन्डारमा राखिएको छ ।