Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

क्यानको छैटौं बार्षिक साधारणसभा सम्पन्न ः सुर्खेत इजोन बन्ने

सुर्खेत
कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेत शाखाको छैटौं बार्षिक साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरप्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य भुपेन्द्रसिंह वली, कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका वाणिज्य उपाध्यक्ष धनबहादुर रावत, नेपाल टेलिकम सुर्खेतका कार्यालय प्रमुख नवराज खतिवडा, वर्डलिंक कम्युनिकेशनका प्रतिनिधि कुलमान पुलामी र आईसिटी क्लव सुर्खेतका सदस्य टीकाप्रसाद शर्मा लगायतको सहभागीता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले सुर्खेतमा सूचना संचार र प्रविधिको क्ष्ँेत्रमा क्यान महासंघ सुर्खेत शाखाले उल्लेख्य कार्य गरेको उल्लेख गर्दै समसामयीक युगको मागलाई सुर्खेतीको पहुच पुर्याउन सहयोग पुर्याएको बताए । साथै सुर्खेत उद्योग वाणिज्य संघ सदा सहयोगको लागि तयार रहेको बताएका छन् ।
नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले कर्णाली प्रदेशको राजधानी सुर्खेत र त्यसमा पनि वीरेन्द्रनगर नगरपालिका एक महत्वपूर्ण स्थानीय निकाय भएकाले डिजीटलाईजको अभियान यहीबाट नमूनाको रुपमा सूरुवात हुनुपर्ने र क्यान महासंघले आवश्यक सहकार्य गर्नुपर्ने बताएका छन् ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले क्यानले सुर्खेतमा सरकारी तथा नीजि क्षेत्रमा प्रविधिलाई प्रयोगमा सघाउ मात्र पुर्याउने काम नगरी समग्र स्मार्ट सिटीको अवधारणा, डिजीटल सिग्नेचर, डिजीटल कर्णालीको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । अव क्यान महासंघ स्थानीय सरकार र प्रदेश सरकारसंग साझेदार रुपमा काम गर्न चाहान्छ । आईसिटीको क्ष्ँेत्रमा सहकार्य र समन्वय गर्न क्यान महासंघ तयार रहेको भन्दै आगामी दिनमा स्थानीय निकायले नै यसको अगुवाई गर्नुपर्ने र प्रदेश सरकारले ल्याएका आईसिटीका कार्यक्रमहरुका लागि क्यान महासंघलाई संगसंगै लैजानु पर्ने बताएका छन् ।

केन्द्रिय सदस्य भुपेन्द्रसिं वलीले प्रदेशको राजधानी भएकोले यसक्षेत्रको विकासका लागी क्यानको भूमिका अहम छ र यसकालागि सरकारी क्ष्ँेत्रले समेत सहयोग गर्नुपर्ने बताए । युग अनुसार हाम्रो मुलुकमा सूचना र प्रविधिको विकास हुन नसकेपनि अव यसको प्रयोग गरि विकासका लागि मुलुक लाग्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख देवकुमार सुवेदीले क्यान महासंघ सुर्खेत शाखाले विगत देखि नै गरिरहेका कार्यहरु उत्कृष्ट रहेको भन्दै स्थानीय सरकार प्रविधिको प्रयोगको लागि प्रतिवद्ध रहेको बताए । हामीलाई नै प्रविधिको थाहा छैन भर्खरै हामी प्रविधिको प्रयोग गर्दैछौं अहिले नै हामीले ठूलो सपना देख्नु भन्दा सानो स्थानबाट प्रविधिको सदुपयोग गर्ने र यसका लागि नगरपालिकाले लाखौं रकम खर्चिएको र प्रविधिलाई प्रथामिकतामा राखेको बताएका छन् । हामी सुर्खेतमा अहिले नै आईटी पार्क संचालन गर्न त सक्दैनौ तर क्यान महासंघको सहयोगमा ६ नं. वडामा इजोनको स्थापना गर्ने बताएका छन् । क्यान महासंघलाई प्रस्ताव पेश गर्न अनुरोध गर्दै वीरेन्द्रनगरलाई प्रविधि मैत्री शहरका रुपमा परिचित गराउन वाईफाई जोन, सिसिटीभि क्यामेराको पहुच, फोहोर व्यवस्थापन, सफा सहर निर्माणका लागि लागि परेको बताएका छन् ।

क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रेमप्रकाश चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष चन्दले स्थानीय तथा प्रदेश सरकारसंग समन्वय गरि सूचना संचार र प्रविधिको विकासका लागि सहकार्य गरि अघि बढ्ने बताएका छन् ।