Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

गजल – देबकी तिमिल्सेना ‘समिक्षा’

 

हरपल सजाउने मनमा तिमी भेटेको छु

हात समाई मनपराउने तिमी भेटेको छु

 

Image may contain: 1 person, smiling, closeup
देबकी तिमिल्सेना ‘समिक्षा’

हिजो झै लाग्छ हामीले माया गाँसेको हररात

सपनामा सताउने तिमी भेटेको छु

 

पीडाको आगोले छाति पोलिरहँदा हरदम

सदाबहार मलम लगाउने तिमी भेटेको छु

 

मनभरि ब्यथाहरु पस्केर सुस्केरा हालिरहँदा

मुटुभित्रै पसेर सघाउने तिमी भेटेको छु

 

नयनबाट वर्षा बर्षिएर लछप्पै भिज्दा शरिर

यी नयनभित्रै अटाउने तिमी भेटेको छु

 

सबै दुर्गुणी र स्वार्थी हुँदैनन् यहाँ पनि

मैले त सर्वश्व पठाइदिने तिमी भेटेको छु