बन्द अवज्ञा गरेको भन्दै जलाइए २ वटा ट्रक
माघ ५, सुर्खेत । वन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ । आज विहान सुर्खेतको पश्चिम वडिचौरमा र सत्तरीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आगजनी भएको सूचना पाए लगत्तै थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । उनका अनुसार नेपालगञ्जबाट खाद्यन्न बोकेर सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रक सत्तरीमा र ना ६ ख १७३२ नम्बरको बड्डीचौरमा आगजनीमा परेका छन् । बन्दका कारण सुर्खेतबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
यहि पौष २२ गते बिधार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्धामा गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेको विप्लव समुहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले वताएका छन् ।






