Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

घरेलु मदिरा नष्ट

बलिराज रोकाया

 सुर्खेत |
वीरेन्द्रनगर स्थित नगर प्रहरील एक सय पचास लिटर घरेलु मदिरा नष्ट गरेकोछ । प्रहरीका अनुसार घरेलु मदिरा बनाउने ५ सय ४० लिटर कच्चा पदार्थ समेत नष्ट गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ४, ५, ६ र ९ मा रहेका विभिन्न पसल तथा घरहरुबाट बरामद गरिएको मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरको रोहबरमा नष्ट गरिएको हो ।


पछिल्लो समयमा सुर्खेतमा अवैध मदिरा विक्री वितरणलाई रोक्नका लागि प्रहरीले सक्रियता बढाएको छ । अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन समेत प्रहरीले सबैलाई अनुरोध गरेको छ । ५ सेट मदिरा उत्पादनमा प्रयोग हुने भाँडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।