Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

अनलाइन संघ नेपालको कर्णाली प्रदेश संयोजकमा पन्त

२४ चैत्र, सुर्खेत ।

अनलाइन मिडियाहरुको हकहित र संगठित भई काम गर्नका लागि अनलाइन न्युज पोर्टलहरुको एक भेलाले आज (आइतवार) अनलाइन संघ नेपाल कर्णाली प्रदेशको तदर्थ समित गठन गरेको छ ।

राराखबर (rarakhabar.com)का प्रकाश पन्तको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव सुदिप पुरीले जानकारी दिनुभयो ।

त्यस्तै नवगठित तदर्थ समितिको सदस्यहरुमा दिपेन्द्र शर्मा (kushekhabar.com), प्रवाशकुमार शाक्य (thetriratna.com.np), खगेन्द्र अधिकारी (quickkhabar.com), रञ्जना थापा (paschimnepal.com), माया थापा (deutikhabar.com) कमल लम्साल (serophero.com) मेघराज खड्का (aahakhabar.com) र  दिपबहादुर घर्ती (digitalsanchar.com) चयन हुनभएको सचिव पुरीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार संघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले अहिलेको युग अनलाइन मिडियाको युग भएकोले सबै अनलाइन मिडियाले सभ्य र अनुशासित भइ सबैका हातहातमा खबर पुर्याउनु पर्नेमा जोड दिँदै उहाँले सबैजना अनलाइन पत्रिकाहरु मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले अहिले धमाधम अनलाइन मिडिया खुलीरहेका छन् तर दर्ता प्रक्रियामा जाने अनलाइन थोरै मात्र भएको हुँदा कानुनी रुपमा दर्ता भइ काम गर्न आग्रह गर्नुभयो ।