Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

गजल-बसु श्रेष्ठ

पिडा लाई मनको तराजुले जोख्न गजल कोरे !
परेली मा झुलेका तिनै मोती पोख्न गजल कोरे !Image may contain: 1 person, eyeglasses and closeup

तिरस्कार अनि घृणाको चोटले भौँतारिएकी म
त्यसै कारण यो पागलपन रोक्न गजल कोरे !!

जहा तही देख्छु मायाको तोल मोल गर्ने व्यापारी
निस्स्वार्थ तिनै भावनाको मूल्य तोक्न गजल कोरे !!

धोके बाज संसार मा बाँच्न धेरै नै गाह्रो रहेछ
अबिस्वाशी रापमा आफैलाई झोक्न गजल कोरे !!

भए होलान् गल्तीहरू म बाट पनि जानी नजानी
त्यहीँ गल्तीका पश्यातापी भार बोक्न गजल कोरे !!