Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सञ्चार प्रविधि दिवस सुर्खेतमा पनि

सुर्खेत । ‘डिजिटल नेपाल, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ सुर्खेतमा पनि प्रभात फेरी गरी मनाईएको छ । कम्प्यूटर एशोसिएसन नेपाल महासंघ क्यान शाखा सुर्खेत शाखाले स्थानीय मंगलगढी चौकबाट बजार हुदैँ पिपल चौतारामा कोष सभामा गरेको थियो । सभामा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत तुलसा गैरेले कार्यक्रममा यूवापुस्ताको सहभागिताले पक्कै पनि कर्णाली प्रदेशलाई डिजिटल रुपान्तरण गर्ने विश्वास व्यक्त गरिन् । अहिलेको समय भनेको सूचना नै शक्ति हो भन्दै उनले मन्त्रालयले एकिकृत रुपमा सूचना तथा प्रविधी सम्वन्धी कानुन ल्याउन लागेको जानकारी दिइन् ।

कोण सभामा वीरेन्द्रनगर नगरपालिका सुर्खेत प्रशासकिय अधिकृत दिपेश सुवेदीले नगरपालिका पूर्णरुपमा डिजिटल हुनुपर्नेमा केन्द्रित रहेको बताए । सुचना प्रविधिको तिव्र विकास भैरहेको अवस्थामा कर्णाली प्रदेशमा पनि यसको तिव्ररुपमा विकास गरिनुपर्ने उनको धारणा थियो ।
कोण सभामा बोल्दै क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले नेपालमा आइसिटीको आगमन भएको दिन १९९२ मे २ लाई सम्झदै हरेक बर्षको मे २ मा क्यानले मनाउँदै आएको र गतवर्ष देखि मात्र सरकारले एउटा दिवसको रुपमा मनाउन शुरु गरेको बताए । आइसिटीलाई देशव्यापी रुपमा सशक्त अगाडी बढाउनुपन उनको धारणा थियो । प्रभात फेरी कार्यक्रममा क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारी तथा क्यान महासंघ कर्णाली प्रदेश र शाखा सुर्खेतका पदाधिकारीहरु, आईसिटि संग सम्बन्धीत विभिन्न संघ संस्थाहरु, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।