Loading... आजः २५ आश्विन २०८३, आईतवार । Sunday 11th October 2026

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी कार्यक्रम

सुर्खेत
१६ चैत्र २०७३
सम्पूर्ण पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले प्रभातफेरी एवम् चियापन कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय मंगलगढी चोकबाट शुरु भएको प्रभातफेरी वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारीमा कोण सभामा परिणत भएको थियो ।
पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्षहरु, विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुले उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुर्खेत शाखाका अधयक्ष गणेश कञ्चन भारतीले भन्नुभयो – २०७४ वैशाख ३१ गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा समेत पत्रकारहरुको अहम् भूमिका हुने भएकोले सबै पत्रकारहरुले आ–आफ्नो क्षेत्र, तह र तप्काबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दछु । आफ्नो शुभकामना मन्तव्यको क्रममा पत्रकार महासंघ सुर्खेत शाखाको अधिवेशन छिटो भन्दा छिटो गर्नका लागि पहल भइरहेको समेत भारतीले बताउनु भयो ।

कार्यक्रम पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव ललित बुढाले गर्नुभएको थियो ।