Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

म .प विश्व विद्यालयमा ताला बन्दी

सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनमा संयुक्त विद्यार्थी संगठन र स्ववियुको आयोजनमा तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यायलमा अध्ययरत संयुक्त विद्यार्थी संगठन र स्ववियुको संयुक्त आयोजनमा विद्यार्थीहरुले आज केन्द्रिय कार्यालयमा विहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा प्रवेश निषेध गरि भिसि, रजिष्ट्रार, लेखाशाखामा तालाबन्दी गरेका छन । आफुुहरुको मार्गलाई विश्व विद्यालय प्रशासनले कुनै वास्था नगरेका कारण ताला लगाउनु, परेको म.प. विश्वविद्यालयका स्ववियु कोषाध्यक्ष शुसिल भट्टराईले जानकारी दिए ।

विद्यार्थीहरुले २०७६ साउन १ गते विश्वविद्यालयका रजिष्ट्रारलाई हरेक वर्ष वृद्धि हुुदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खारेज हुुनुुपर्ने, तत्काल स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचन घोषणा गरिनु पर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यपकहरुको दोहोरो सुुविधा खारेज गरिनु पर्ने, यस अघि स्व.वि .युु विद्यार्थी संगठन र इन्जिनियरिङ्ग संकायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गरिनु पर्ने, लगायत विभिन्न ११ बुुदेँ मार्ग राख्दै एक हप्ताको अल्टेमेटम दिएको थियो ।

उक्त समयसम्म पनि म.प विश्वविद्यायलका पदाधिकारीहरुले आफुहरुको मार्गलाई कुनै वास्था नगरेको कारणले गर्दा चरणवद्ध आन्दोलनको कार्यक्रम गर्नु परेको स्ववियु सदस्य रोशन बस्नेतले जानकारी दिए । आन्दोलनकै कार्यक्रम अन्तर्गत २१ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारीका सवारी साधन अनिश्चित कालका लागि बन्द गर्ने कार्याक्रम भएको नेविसंघ सुर्खेतका नेता मोहन रानाले जानकारी दिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका निमित रजिष्ट्रार अन्नत राज घिमिरेलाई आन्दोलनको वारेमा जानकारी दिन खोज्दा विद्यार्थीहरुको जाहेज मागलाई आफुहरुले पुरा गर्ने, विश्वविद्यालयलाई अनिर्णयको बाटोमा आफुहरुले लामो समयसम्म हिडन नदिने, त्यसको लागी विद्यार्थीसँग वार्ताको प्रयास भईरहेको जानकारी दिए ।