Loading... आजः २९ आश्विन २०८३, बिहीबार । Thursday 15th October 2026

मुक्तक – कृष्ण जि.सी ‘कपिल’

बिगतलाई पाठ बनाइ एक स्वर्णिम सफर तय हुनेछ

नयाँ बर्ष नयाँ थालनी सुनौला विचारको उदय हुनेछ ।

ठेस लाग्दैमा पछि नहटि संघर्ष गर्नुछ साहस जुटाइ,

नतिजामा हुनेछ आफ्नै पक्षमा अनमोल समय हुनेछ ।।

मुक्तक…२

नयाँ बर्षमा बिल्कुलै नयाँपन बोकि साल फेरिनेछ

आँखा थाकुन्जेल चौतर्फी विकास भएको हेरिनेछ।

बिगतको ऐनाबाट बर्तमान चिन्नुछ छर्लङ्ग भएर,

असलको अनुसरण र खराब सोच मनबाटै केरिनेछ ।।