Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

क्यानको स्थापना दिवसमा प्रभातफेरी

सुर्खेत

१९ वैशाख २०७३
कम्प्यूटर एशोसियसन महासंघ (क्यान) सुर्खेतले आफ्नो २५ औंँ स्थापना दिवसको अवसरमा प्रभात फेरी सहितका कार्यक्रम गरी मनाएको छ । स्थानीय मंगलगढी चौक देखि शुरुभएको प्रभातफेरी कार्यक्रम वीरेन्द्रचौकमा पुगेर

?

कोण सभामा परिणत भएको थियो ।
क्यान महासंघ सुर्खेतका अध्यक्ष पूर्णदेव अधिकारीले अबको विकास भनेको आइटी क्षेत्रको विकास भएकोले सूचना तथा संचार प्रविधिले मात्र दिगो विकास गर्न सक्ने बताउनु भयो । ‘दिगो विकासको लागि सूचना तथा संचार प्रविधि’ भन्ने मूल नाराका साथ क्यानले स्थापना दिवस आज वैशाख १९ (२ मे) मा मनाएको छ ।
नेपालमा कम्प्यूटर भित्रिएपछि व्यवसायिक रुपमा कम्प्यूटर प्रविधिको विकास भइसकेपछि त्यसलाई अझ व्यवस्थित बनाउनका लागि क्यानको स्थापना भएको बताउँदै अध्यक्ष अधिकारीले भन्नुभयो – समयदेखि श्रमको समेत बचत हुने र छिटो र भरपर्दो माध्यमको रुपमा प्रविधिले फड्को मारिसकेको छ । त्यसलाई अझ व्यापक र विस्तार गर्नका लागि सबैले आ–आफ्नो क्षेत्र, तह र तप्काबाट सहयोग गर्न आवश्यक छ । क्यान महासंघ सुर्खेतले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । विभिन्न क्यान इन्फोटेक मेला तथा रक्तदान जस्ता कार्यक्रमहरु समेत गरेर संचार, प्रविधिको क्षेत्रसँगै सामाजिक क्षेत्रमा समेत सकारात्मक र रचनात्मक कार्यहरु गर्दै आइरहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।
क्यान महासंघको सुर्खेत शाखा बर्ष २०७३ मा नेपालकै उत्कृष्ट शाखाको रुपमा समेत पुरस्कृत भइसकेको छ ।

?
?

?
?
?
?