Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

समुदायको सहभागितामा यौजना छनौट गर्छौː प्रमुख सुवेदी

सुर्खेत १५ फागुन ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरका आगामी सबै योजनाहरु समुदायको सहभागितामा मात्र छनौट गरिने प्रतिबद्धता जनाएका छन । पारस्परिक जवाफदेहिताːमानवअधिकार सुदृद्धिकरण कार्यक्रम अन्र्तगत इन्सेकले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको योजनानिमार्ण प्रक्रियामा समुदायको सहभागिता क्षमता अभिबृद्धि तालिममा प्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाएका हुन ।

प्रमुख सुवेदीले सबै वर्ग, समुदाय, लिङ्ग, धर्म, क्षेत्र, जातजाति र सिमान्तकृत समुदायको सहभागितामा योजनाछनौट गरिए मात्र वीरेन्द्रनगरको समग्र विकासमा टेवापुग्ने उल्लेख गरे । राजनीतिक भाग बण्डा र पहुँचको आधारमा नभैइ समुदायको आवश्यकताको आधारमा योजनाछनौट गरिने चर्चा गर्दै प्रमुख सुवेदीले सबैको सहभागितामा विकास निमार्णका योजनाछनौट गरिए मात्र नगरको मुहार फेर्न सकिने बताए ।

इन्सेक कर्णालीप्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सबै क्षेत्र वर्ग र सिमान्तकृत समुदायको सहभागिता बिना गरिएको योजनाले विकासमा बाधा पुग्ने बताए। संयोजक सुवेदीले वीरेन्द्रनगरको आगामी विकास निमार्णका योजना छनौट प्रक्रियामा सबै समुदायको सहभागितामा जोड दिन सो तालिमको आयोजना गरिएको उल्लेख गरे ।

कार्यक्रममा मपविश्वविद्यालयका उपप्रध्यापक कमललम्सालले योजना निमार्ण प्रक्रियामा महिला, बालबालिका, दलित, यौनिक अल्पसंख्यक र सिमान्तकृत समुदायको सहभागितातथा वीरेन्द्रनगर नपा का प्रमुखप्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीयतहको योजना तर्जुमा प्रक्रिया र समुदायको सहभागिताका बारेमा सहजीकरण गरेका थिए । संयोजक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नपाका १६ वडाका नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।