Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

राप्रपाको एकता महाधिवेशन आजदेखि

६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा दिउँसो १ बजे हुनेछ । महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गर्नेछन् ।

राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने राप्रपाले जनाएको छ । महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।

पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौँका ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित पदयात्रा गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रमुखसँगै कुटनीतिक नियोगका पदाधिकारीहरुको सहभागिता रहने राप्रपाले जनाएको छ ।

महाधिवेशनबाट अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ ।
शनिबारदेखि बन्दसत्र सुरु हुने राप्रपाले जनाएको छ ।

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो ।