Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

यी दुई अभिनेत्रीको भिडन्त हुने

काठमाण्डौ । पछिल्लो समयको अभिनेत्री केकी अधिकारी र बेनिशा हमाल मिल्ने साथी पनि हुन् । म्युजिक भिडियो हुदै स्वर फिल्म मार्फत यी दुइले एकसाथ् डेब्यु गरेका थिए । यी दुइको मित्रता अहिले सम्म उस्तै कायम नै छ ।

तर अहिले आएर पर्दामा भने यी दुइको भिडन्त हुने भएको छ । अब यहि आउदो साता प्रदर्शनमा आउने फिल्म लभ साशामा केकी लिड एक्ट्रेस छिन भने किङमा बेनिशा लिड छिन । यी दुइको फिल्म संवत पहिलो पटकसंगै प्रदर्शनमा आउदैछ ।

यस अघि यी दुइले एक अर्काको फिल्म हेर्न सामाजिक सञ्जाल मार्फत आग्रह गर्ने गर्थे तर यसपटक यी दुइ आफ्नै फिल्मको पब्लिसिटीमा लागेका छन् ।

लभ साशामा केकीसंगै कर्मा मुख्य भूमिकामा छन् । फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका छन् भने निर्माता माधव वाग्ले हुन् । यसैगरी किङमा बेनिशासंगै निखिल उप्रेती , अनुपविक्रम शाही मुख्य भूमिकामा छन् ।

फिल्ममा लेख्न तथा निर्देशन साविर श्रेष्ठको रहेको छ । यी दुइ फिल्म नै आउदो पौष २८ बाट रिलिज हुनेछ । अब हेरौ यी दुइ मध्यको अगाडी हुनेछन ।