Loading... आजः २९ कार्तिक २०८२, शुक्रबार । Friday 14th November 2025
ताजा खबर
  

धाविका मीरा राईलाई ३० लाखसहित सरकारले सम्मान गर्ने

काठमाडौं,

सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिनुभयो ।

राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि संयुक्त राज्य अमेरिकामा छिन् ।

भोजपुरकी राई किशोर उमेरमा सशस्त्र युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै ‘पिएलए स्पोर्टस क्लब’ देखि खेल जीवन सुरु गरेकी राईलाई अयोग्य लडाकु घोषणा गरिएको थियो ।

आर्थिक कारणले गर्दा मलेसिया जान राहदानीसमेत तयार पारेकी राईलाई बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए । राई गत वर्ष फ्रान्समा सम्पन्न ८० किमी विश्व म्याराथनमा १७ वर्षअघिदेखिका विश्वविजेतालाई पछि पार्दै च्याम्पियन बनेकी थिइन् ।