Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

जातीय विभेदको कारण निर्घात कुटिए दलित बालक

चैत १८, २०७३ सुर्खेत

एउटा ठकुरी परिवारले घर भित्र पसेको भन्दै सुर्खेतमा एक दलित बालकलाइ  निर्घात रुपमा कुटेको छ ।  जातीय विभेदका कारण भीमबहादुर बिक कुटिएका हुन्छ  । आफ्नो घरभित्र पसेर भान्सा छोएको भन्दै सुर्खेत पश्चिममा रहेको कुनाथरी गाविसका भीमबहादुर शुक्रबार छिमेकीबाट कुटिएका हुन्।

कुटिएका भीम बहादुरलाई देखाउदै उनकी आमा बाटु

९ वर्षीय बालक भीमबहादुर बिकलाई छिमेकी भरतबहादुर शाही र उनकी आमा बाटु शाहीले मरणासन्न हुने गरी कुटेको भीमबहादुरका आफन्तले बताएका छन्। भरत बहादुर शाहीका भाइ चक्रबहादुर शाहीले काम छ भन्दै आफ्नो घरमा बोलाएको र बालक भित्र गएपछि भित्र पसेको भन्दै बालकलाई कुटपिट गरेको आफन्तको भनाइ छ।

आफू बाख्रा गोठाला गएको समयमा छोरालाई कुटिएको भन्दै बालककी आमा जयसरा बिकले बताएकी छन ।  अहिले उनी न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय सुर्खेत आइपुगेकी छन्। घटना भएको स्थान बिरेन्द्रनगर देखि करिब ३० कि मि पश्चिममा पर्छ ।