Loading... आजः २५ आश्विन २०८३, आईतवार । Sunday 11th October 2026

चर्चामा गायक सुमन

काठमाण्डौ ।

करिव ५० भन्दावढि गीत गाइसकेका सुमन शेखर मानन्धर एकाएक संगितिक क्षेत्रवाट गायब भए । तत्कालिन समयमा चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोबनमा, कान्छीको लजाउने बानी जस्ता गीतहरु निकैचर्चामा रहेका गीतका गायक सुमनका गित नसुन्ने प्राय कमै थिए । राष्ट्रप्रेमी, आधुनिक, मायाप्रेम र पप गितका क्षेत्रमा एकै साथ सफलता हासिल गरेका गायकको सांगितिक क्षेत्रमा लामो समयसम्म उपस्थिति नहुनुले संगित प्रेमिहरm लाई कौतुहलता थपेको थियो ।

तर गायक सुमन भने संगितवाट टाढा थिएनन् । ४ वर्ष पाकिस्तानमा रहेका वेला उर्दृ भाषामा गित गाएर पाकिस्तानमा समेत रमाएका थिए । यो कुरा बाहिर आएको थिएन । थारm भाषामा गित गाउँदा सूमनलाई धेरैले चिनेनन् । अष्टे«लियामा पढाईको सिलसिलामा रहँदा थुप्रै कार्यक्रममा भरपुर मनोरन्जन दिएका गायक नेपाल फर्केलगतै व्यस्त जागिरे जीबनका विच पनि वरिष्ठ संगीतकार दिपक जँगम ज्युको प्रमुख आतिथ्यतामा एक भब्य बिमोचन समारोह गरी समिप एल्बम सार्वजनिक गरेर संगित जिबन हो र मानिस जुन सुकै क्षेत्रमा काम गरेपनि संगितलाई भुल्न नहुने कुराको नमुना पेश गरेका छन् ।

एकल संगीतकार राजू सिंहको संगीतमा सुमनको समिप एल्वममा रहेको बोल्न पनि डाराउँछौ भन्ने गितको म्यूजिक भिडियो पनि भरखरै सार्वजनिक भएको छ । बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको आधुनिक शैलिको यो म्यूजिक भिडियो युटुभ https://www.youtube.com/watch?v=-morHvCHdGM मा पनि हेर्न सकिन्छ ।