Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको बैठक सम्पन्न

१८ असार २०७४

सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति एवम् प्राज्ञिक परिषद्का अध्यक्ष  प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षता आइतबार केन्द्रीय कार्यालय भवन निर्माण स्थल कुइनेपानीमा सम्पन्न भएको छ ।

बैठकले डीन लिष्ट र ग्रेस लिष्ट स्वीकृत, स्नातक तहको क्रेडिट आवरमा एकरुपता कायम गर्न पाठ्यक्रम १२० क्रेडिट आवर राख्ने, इन्जिनियरिंग संकाय स्नातक तहकोपाठ्यक्रम स्वीकृति र संचालन सम्बन्धमा, स्नातकोत्तर तहका विद्यार्थीहरुले अन्तिम सत्रान्त परीक्षा समाप्त भएको मितिले ६ महिनाभित्र थेसिसको Viva Voce गरेमा नियमित तर्फ शैक्षिक सत्र पूरा गरेको मानिने निर्णय भएकोमा अन्तिम सत्रान्तको परीक्षाफल प्रकाशित भएको मितिबाट ९० दिनभित्र Thesis/Dissertation/Final Project Defenseगरिसकेका विद्यार्थीहरुलाई मात्र नियमित विद्यार्थीका रुपमा प्रमाणपत्रहरु जारी गर्न २०१४ को ब्याचबाट लागु हुने गरी गरेको निर्णय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरु मध्ये प्रत्येक ब्याच अनुसार स्नातकोत्तर तह र स्नातक तहमा सर्वोत्कृष्ट अंक (CGPA) ल्याउने विद्यार्थीहरुलाई क्रमश: कुलपति पदक र उपकुलपति पदक प्रदान गर्न विद्यार्थी छनौट गर्दा नियमित तर्फका विद्यार्थीहरुबाट मात्र छनौट गर्ने निर्णय अनुमोदन सम्बन्धी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षामा मुल्यांकन विधि सम्बन्धी र स्नातक तह अंग्रेजी र पत्रकारिता तथा आमसंचारमा अनिवार्य विषयको पाठ्यक्रम थप्ने सम्बन्धी प्रस्तावहरू उपर छलफल गरी सर्वसम्मत निर्णय गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार एवम् प्राज्ञिक परिषद्का सदस्य डा. महेन्द्रकुमार मल्ल, प्रा.डा. देव बहादुर खड्का (डीन, विज्ञान तथा प्रविधि सङ्काय), खोपीराम लम्साल (डीन, मानविकी तथा सामाजिक शास्त्र सङ्काय), यम बहादुर कार्की (डीन,शिक्षा शास्त्र सङ्काय), ई. ललित विक्रम राणा (डीन,इन्जिनियरिंग संकाय), प्रा.डा. तुलसी पाठक (विषय विशेषज्ञ/सदस्य), प्रा. ड़ा. डिल्लीराज शर्मा (विषय विशेषज्ञ/सदस्य), वीर वहादुर पौडेल (क्याम्पस प्रमुख/सदस्य), लिलाधर तिवारी (सदस्य), पूर्णमान श्रेष्ठ (सदस्य) तेजविक्रम बस्नेत (सदस्य), जसवीर रोका (सदस्य) र डा. मस्त बहादुर गरंजा  (सदस्य-सचिव) को सहभगिता रहेको थियो । त्यसैगरी आमन्त्रित सदस्यको रुपमा प्रा. हिरण्य प्रसाद गौतम (निर्देशक,योजना विकाश र  अनुगमन निर्देशनालय), दिप बहादुर रावल (निर्देशक, अनुसन्धान केन्द्र), गणेश बहादुर कार्की(निर्देशक, अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालय), पदम राज जोशी (सहायक डीन, विज्ञान तथा प्रविधि सङ्काय), ई. विरेन्द्र खड्का (सहायक डीन, इन्जिनियरिंग सङ्काय), भिउसिं बुढा (सदस्य, कार्यकारी परिषद्), खेमराज रावत (नि. प्रमुख, परीक्षा व्यवस्थापन कार्यालय ) , आनन्द प्रसाद सुबेदी (क्याम्पस प्रमुख, मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय क्याम्पस), लक्ष्मी प्रसाद आचार्य (क्याम्पस प्रमुख, शिक्षाशास्त्र केन्द्रीय क्याम्पस), ई. विजय कुमार पण्डित (क्याम्पस प्रमुख, इन्जिनियरिंग केन्द्रीय क्याम्पस), डा. नारायण प्रसाद शर्मा (निर्देशक,मुसुम), यज्ञ प्रसाद उपाध्याय (सदस्य-सचिवालय) , यदु प्रसाद ज्ञवाली (सदस्य-सचिवालय), बिष्णु कुमार खड्का (सदस्य-सचिवालय),  युद्धमान वस्नेत (मुख्य सहायक) र दिलिप भट्टराई (निजि सचिव, उपकुलपति) उपस्थिति रहेको थियो ।