गायक तामाङको म्युजिक भिडियो ‘किन दुख्छ’ बजारमा
काठमाडौँ । गायक तथा संगितकार अजय तामाङको ‘किन दुख्छ’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

एम एम पि एस को प्रस्तुतिमा बनेको भिडियो गहिरो माया भएपनि परिस्थितिले बिछोड हुनु परेको बाध्यात्मक परिस्थितिलाई समेटीएको छ ।
गायक तामाङको शब्द तथा संगित रहेको भिडियोको सन्तोष प्रगाडले संगित संयोजन गरेका हुन् । म्यूजिक भिडियोमा राजन गुरुङ, कमल सिंह,पुजा सिलवालको अलावा रोशन र निशाको अभिनय देख्न सकिन्छ ।
चर्चित निर्देशक मिलन तामाङको निर्देशनमा बनेको भिडियोलाई केशब अधिकारीले छायांकन गरेका हुन ।
धादिङको ज्वालामुखि गाउपालिकामा जन्मेका अजय तामाङ नेपाली गीत संगितलाई उचाइमा पुर्याउनु पर्छ भन्ने उदेश्यका साथ सांगितिक क्षेत्रमा लागि रहेका छन् ।
हाल उनी चौथो बर्षमा शास्त्रीय गायन पनि सिकिरहेका छन । गीत संगितलाई अत्यन्तै माया गर्ने तामाङको यस अघि वीर गोर्खाली र कान्छीले बोलको गीत तथा म्यूजिक भिडियोले राम्रै चर्चा कमाउन सफल बनेको थियो ।







