Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

गठबन्धनमा काँग्रेसले इमान्दारिता देखाएन : गिरी

सुर्खेत

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सुर्खेतको निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको (क) बाट प्रदेश सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार तुलाराम गिरीले नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनका क्रममा गरेका सम्झौताहरु तोडेको बताउनु भएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेत ागिरीले यस्तो बताउनु भएको हो । अप्रत्यसित रुपमा भएको वाम गठबन्धनले लोतान्त्रिक शक्तिहरुलाई पनि गठबन्धन गर्न बाध्य पारेको उल्लेख गर्दै उहाँले भन्नुभयो – नेपाली काँग्रेस लगायत लोकतान्त्रिक शक्तिहरु गठबन्धन गरेर निर्वाचनमा जाने योजना बनाएर सम्झौता गरेपनि सम्झौता बमोजिम कार्य नगरेकोले राष्ट्रिय प्रजातन्त्र पार्टीले बाध्य भएर सबै स्थानमा उम्मेदवारी दिने निर्णय गर्नु परेको हो । गठबन्धनकै सम्झौता बमोजिम प्रतिनिधि सभाका लागि सुर्खेतबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी नदिएको बताउँदै नेता गिरीले भन्नुभयो– हामीले अक्षरस सम्झौताको पालना गरेर पहिलो चरणको उम्मेद्वारी दर्तामा आफ्नो इमान्दारिता निभाएका थियौ तर दोस्रो चरणको उम्मेद्वारी दर्तामा काँग्रेसले नै सम्झौताको पालना नगरेकोले हामीले उम्मेदवारी दिएका हौ ।

साक्षात्कार कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएका गिरीले झापा जिल्लाको प्रसंग कोट्याउँदै उल्टै प्रश्न गर्नुभयो – हाम्रो महामन्त्रीको उम्मेदवारी भएको क्षेत्रमा समेत काँग्रेसले त्यसो गर्न मिल्थ्यो ? गठबन्धनको परिभाषा समेत नबुझेको काँग्रेसले लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेर आफै भड्खालोमा पर्ने बाटोको तय गरेको छ । दैलेखमा गठबन्धनको उम्मेद्वारको विरुद्धमा स्वतन्त्र उम्मेदवारी खडा गर्नुले पनि काँग्रेसको इमान्दारिता देखिन्छ ।


के तपाईको उम्मेद्वारी फिर्ता हुँदैन त भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो – गठबन्धनको अक्षरस पालना गर्न हामी तयार छौ तर हामीलाई कम आँकलन गरेर एकातर्फी रुपमा पेलेर जाने योजनाका साथ काँग्रेसका साथीहरु लागेमा कुनै हालतमा मेरो उम्मेदवारी फिर्ता हुँदैन । वामहरुले कसरी तालमेल गरिरहेका छन् भन्ने कोट्याउँदै उहाँले अगाडि भन्नुभयो – गठबन्धन भनेको एकातर्फी रुपमा आफू र आफ्नो पार्टीको भविष्यको लागि मात्र सोच्ने कुरा होइन । गठबन्धनमा गइसकेपछि सबैले सबैको लागि सोच्नु पर्ने हुन्छ । गठबन्धन विना नै तपाईको पार्टीले निर्वाचन जित्छ त ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो – जित हार भनेको सबैको हुन्छ । त्यसलाई स्वीकार गर्न हामी तयार छौ जुन मत हाम्रो पक्षमा आउँछ त्यो सम्मानजनक मत आउँछ । त्यसैले न्यायप्रेमी जनता धर्म, देश र प्रजातन्त्र बचाउनका लागि आतुर छन् । कसैले पनि जनताको भावना माथि खेलवाड नगरे हुन्छ । आज कसैले संख्यात्मक रुपमा धेरै छौ भन्ने दम्भ राखेको छ भने त्यो दम्भ निर्वाचनको मत परिणाम अनुसार समाप्त भएर जानेछ ।

कार्यक्रम रिपार्टर क्लब सुर्खेतका उपाध्यक्ष डिल प्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।