Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडी तोडफोड

सुर्खेत २१ चैत्र |

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववीयू उपसभापति आदित्यबिक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन्।

Image may contain: one or more people, people standing, people walking, crowd and outdoor

क्याम्पस गेट अगाडी टायर बालेर विरोधमा उत्रीएका विद्यार्थीहरुले बुधबार बिहान सोही बाटो भएर आइरहेको मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमा तोडफोड गरेका हुन्।

गाडीमा माओवादी केन्द्रका नेता एवम् सांसद् धर्मराज रेग्मी सवार रहेको प्रहरीले जनाएको छ। जिल्लाप्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीका अनुसार उक्त समयमा गाडीमा मन्त्री खत्री भने सवार थिएनन्। डिएसपी चौधरीले रेग्मी पनि सकुशल रहेको जानकारी दिएका छन् ।

तोडफोडबाट गाडीको सीसा फुटेको छ। गाडी तोडफोड गर्ने कोही पनि पक्राउ नपरेको र तोडफोड संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।