Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कर्णाली कविता कन्सर्ट सम्पन्न (फोटो फिचर)

सुर्खेत १८ वैशाख

अनमोल स्मृति प्रतिष्ठान सुर्खेतको आयोजनामा मंगलबार कर्णाली कविता कन्सर्ट सम्पन्न भएको छ । कविता कन्सर्टमा युवा कवि नवराज पराजुलीले कविता वाचन गरे । कविता कन्सर्टमा प्रमुख अतिथिको आशनबाट बोल्दै कर्णाली प्रदेशका अर्थ व्यवस्था मन्त्री प्रकाश ज्वालाले भने, कवि पराजुलीले कविता माध्यमबाट परिवर्तन र चेतना फैलाइरहेको बताए ।


कार्यक्रमका विशेष अतिथि एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्ले कवि पराजुलीका कविता निकै उत्कृष्ट रहेको बताए । उनले भने, ‘सबैको मन र मष्तिस्कलाई हलाई दिने यी कविताले पछिल्लो पुस्तालाई कवितामा आउन प्रेरित गरेका छन् ।’


अनमोल स्मृति प्रतिष्ठानले सुर्खेत र कालिकोटमा १÷१ वटा एम्बुलेन्स संचालन गर्ने उद्देश्यका साथ आर्थिक सहयोग जुटाउन कविता कन्सर्टको आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले बताए । अध्यक्ष शाहीले भने, आगामी असोजमा रारामा साहित्यिक महोत्सवका साथै स्वास्थ्य शिविरको समेत संचालन हुनेछ । करिब साढे तीन सय दर्शक स्रोताहरु रहेको उक्त कार्यक्रममा लोकगीत संकलक तथा बाध्यवादक प्रेमदेव गिरीले मादल तथा ज्ञानबहादुर नेपालीले बाँसुरीसाथै अन्य कलाकारहरुले झ्याउरे नृत्यसमेत प्रस्तुत गरेका थिए ।