Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

स्व. राजा वीरेन्द्रको शालिक राख्न हस्ताक्षर संकलन

जेठ १९, सुर्खेत ।

आज भन्दा १७ वर्ष अगाडि वंश विनाश हुने गरि भएको हत्याकाण्डकै दिनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिले राजा वीरेन्द्रको शालिक भएकै स्थान बीरेन्द्रचौकमा पुनः शालिक स्थापनाका लागि हस्ताक्षर संकलन भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला कार्य समिती सुर्खेतले शोकसभा सहित बीरेन्द्रचोकमा पुन स्व. राजा बिरेन्द्रकै शालिक स्थापनाका लागि हस्ताक्षर संकलन शुरु गरेको हो ।

स्व. राजा बीरेन्द्रको शालिक पुनस्र्थापनाको लागि हस्ताक्षर संकलन गरी ध्यानाकर्षण गरेपछि पनि कुनै सुनुवाई नभए चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरी आन्दोलनमा उत्रिने राप्रबिसका प्रदेश संयोजक प्रेम बिसीले बताउनु भयो ।


नेपाली जनताको मनोभावना नै नबुझी नेताहरुले पूर्वाग्रही ढंगले गणतन्त्र घोषणा गरेकोमा आपत्ति जनाउँदै राजसंस्था र हिन्दू राष्ट्रको लागि राप्रपा र राप्रपा निकट भातृ संगठनहरुले आपत्ति जनाउँदै आइरहेका छन् ।