Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

काव्य श्रृङ्खला ‘ग’ अन्तर्गत गजल वाचन हुँदै

सुर्खेत ।
काव्य श्रृङ्खला ‘ग’ अन्तर्गत गजल वाचन हुँदैछ । यही श्रावण १९ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाज सुर्खेतको आयोजनामा गजल वाचन हुन लागेको हो । यस अघि काव्य श्रृङ्खला ‘क’ अन्तर्गत गजल र काव्य श्रृङ्खला ‘ख’ अन्तर्गत कविता वाचनको कार्यक्रमहरु भइसकेका छन् ।

गजलकार महेन्द्र चन्द महासागर, कृष्ण विरही जलन, बाबु त्रिपाठी र देवकी निरौलाले गजल वाचन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष भरत प्रमोद दाहालले जानकारी दिनु भयो ।
पछिल्लो समय साहित्यको क्षेत्रमा निकै लोकप्रिय रुपमा रहेको विधा गजलले आफ्नो पकट जमाउन थालेकोले पनि युवादेखि बृद्धसम्म र कविदेखि आख्यानकारसम्म गजलको रसस्वादन गर्ने भएकोले पनि यो यस अघिका श्रृङ्खलाहरु झैँ यो श्रृङ्खलाको कार्यक्रम पनि निकै भव्य हुनेमा विश्वस्त हुनुहुन्छ गजलप्रेमी भावना केसी ।

आयोजक संस्थाका अध्यक्ष भरत प्रमोद दाहाल भन्नुहुन्छ– ‘गजल वाचन कार्यक्रमको सबै तयारी पूरा भइसकेको छ । सबैको साथ र सहयोगले यो कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेमा कुनै शंका छैन । हामीले नेपाली साहित्यको श्रीबृद्धि गर्नका लागि जुन कदमहरु चालेका छौ त्यसमा सबै क्षेत्र, तह र तप्काबाट भएको सहयोगले नै सफल हुन सकेका छौ । जसका लागि अघिल्ला श्रृङ्खलाहरु जस्तै यस श्रृङ्खलामा पनि जिल्ला समन्वय समितिको हलमा सबैलाई चुले निम्तो दिन्छौ ।’