आनिबानीमा रुपान्तरण गर्न महत्वपूर्ण परियोजना : नगर प्रमुख थापा
सुर्खेत, ३ भदौ ।
पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले पञ्चपुरीमा लागु भएको ब्रेक थ्रु एक्सन परियोजनाले नागरिकको आनी बानीमा रुपान्तरण ल्याउने बताए । आइतबार वावियाचौरमा परियोजना शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले चेतनाको हिसाबमा पछि परेको समुदायलाई यो परियोजनाले थप चेतनशील बनाउने बताए । उनले पैसामात्रै ठूलो नभएको बताउँदै यस्ता सामाजिक रुपान्तरण जस्ता कार्यक्रमलाई नगरले प्रमुख प्राथमिकता दिएको बताए ।

हामीले पूर्वाधार विकास सहित समाज रुपान्तरणको अभियाननमा समेत लागेका छौं । उनले भने, समृद्ध नगर बनाउन समाजको चौतर्फि विकास हुन जरुरी छ । उनले परियोजनाले चाहेको जस्तो परिणाम दिन नगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनका अनुसार नगरपालिकाले नगरको बृहत्तर हितका लागि आउने सबैसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । स्वास्थ्य विकासकालागि संस्थागत विकास गर्ने, तिनै तहका सरकारसँग समन्वय गर्ने र सामाजिक व्यवहारको पाटोमा काम गर्ने युएसएआइडीको र्आिक तथा प्रशाशन प्रवन्धक विज्ञ यमुना शर्माले जानकारी दिईन । उनका अनुसार यो परियोजनाले कर्णालीका ४ ओटा स्थानीय तहमा काम गर्नेछ । युएसएआईडीको आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा जेएचयु सिसिपीद्धारा सञ्चालित ब्रेक थु्र एक्सन परियोजना पञ्चपुरीमा पनि लागु भएको हो ।
सामाजिक व्यवहार परिवर्तनद्धारा स्वास्थ्य प्रणालीमा सुधारमा सहयोग गर्ने उदेश्यले कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमा संचालन हुने परियोजनका कार्यक्रम विशेषज्ञ थानेश्वर कोइरालाले बताए । उनका अनुसार यो परियोजना सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा आगामी २० महिनासम्म लागु गरिने उनको भनाई थियो । परियोजनाले जोखिममा रहेका महिलाहरु तथा घरपरिवारका मातृ तथा नवजात शिशु स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, पोषण र परिवार नियोजन सम्वन्धी आवश्यकतालाई सम्वोधन गर्न सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार प्रणालीलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
उनका अनुसार परयोजना अन्र्तगत सामाजिक व्यवहार परिवर्तन क्षमता सुदृढिकरण, सामाजिक व्यवहार परिवर्तन क्षमता विकास सथानीय स्तरको लागि कार्यक्रम कार्यान्वयन प्याकेज वितरण, संचार सामाग्री विकास तथा वितरण, ज्ञान व्यवस्थापन तथा अभिलेख, सामाजिक व्यवहार परिवर्तन कार्यशाला गोष्ठी, तालिमहरु पर्नेछन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयसँग नजिकको सम्वन्ध राखी काम गर्ने बताए । स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजना, सुआहारा र अन्य संघसंस्थाहरुसँग सहकार्य गर्ने उनको भनाई थियो ।
परियोजना नयाँ भएको बताउँदै सञ्चार र मिडियाकर्मीहरुसँग मिलेर काम गर्ने र सबैलाई समेटेर लैजाने गरी परियोजना अघि बढेको उनको भनाई थियो । परियोजनाले सामाजिक व्यवहार परिवर्तन नीति, निर्देशन, योजना, कार्यान्वयन, समन्वय, सूचना वा तथ्यांक प्रयोग, गुणस्तरीय संचार साधन तथासामाग्रीहरुमा उनीहरुको पहुँच विस्तार गर्ने अपेक्षा गरेको पञ्चपुरी नगर कार्यक्रम संयोजक खडक बहादुर कार्कीले बताए ।
कार्यक्रममा कर्णाली स्वास्थ्य निर्देशनालयका विनोद आचार्य, चेतनिधी वाग्ले, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्तमान श्रेष्ठ, नगर उपप्रमुख, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।






